‘मायारी’ म्युजिक भिडियो बजारमा, मोडलिङमा गायिका सुस्मिता (भिडियोसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘मायारी’ म्युजिक भिडियो बजारमा, मोडलिङमा गायिका सुस्मिता (भिडियोसहित)


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एवं सङ्गीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोडलिङमा देखिएकी छन् ।

आफूले पछिल्लो पटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा श्रोताहरूले मन पराउनेमा विश्वस्त रहेको गायिका स्याङ्ताने बताएकी छिन । सार्वजनिक गरिएको उक्त गीतलाई गीतकार एवं सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने उनै गायक एवं सङ्गीतकार कर्साङ लामाले सङ्गीत, सङ्गीत संयोजन र मिक्स गरेका हुन् । पारिजात रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।

देवराज गुरुङ्द्धारा निर्देशित भिडियोलाई गङ्गाराम राईले छायाङ्कन, सम्पादन र कलर गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस