पौडेल पक्राउको विरोधमा २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पौडेल पक्राउको विरोधमा २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय


१९ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो।

सोही विषयमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस