पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाइने


१९ मंसिर २०७७, शुक्रबार


नेपाल आयल निगम

काठमाडौँ । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् ।

पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो ।

निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद-६ विनियम ३० ९ड०’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ ।यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ ।’निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस