४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, तीन जना सचिवमा बढुवा हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, तीन जना सचिवमा बढुवा हुँदै


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार नियमित एजेन्डामा छलफल र निर्णयका लागि बैठक बोलाइएको हो । बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूसँगै तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गर्नेछ ।

सचिव बढुवा सिफारिस समितिले प्रशासन, कृषि तथा वन र इन्जिनियरिङ गरी तीनै सेवातर्फबाट सिफारिस गरिएका सहसचिव बढुवा प्रस्ताव मन्त्रिपरिषद्मा पेस भई सकेको छ ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सम्बन्धित समाचार : सचिव बढुवाका लागि डा. कार्कीको नाम सिफारिस

सम्बन्धित समाचार : सचिव बढुवाका लागि आचार्यको नाम सिफारिस: प्रशासन, कृषि र इन्जिनियरिङतर्फ तीनै सचिवको निर्णय सँगै हुने

यससँगै निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको चुनावबारेसमेत थप निर्णय हुन सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस