भारतीय सेनाप्रमुख नरवणेद्वारा वसन्तपुरको अवलोकन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतीय सेनाप्रमुख नरवणेद्वारा वसन्तपुरको अवलोकन


१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज वसन्तपुरस्थित कुमारीदेवीको दर्शन गरेका छन् ।

इण्डियन एयर फोर्सको विमानबाट आज तिन दिने नेपाल भ्रमणमा आएका नरवणे कुमारीको दर्शनका लागि उनी आफ्ना श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । उनले कुमारीको दर्शन गरी वसन्तपुर स्क्वायरको अवलोकन पनि गरेको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेना प्रमुख नरवणेलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमको बीच राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ । सीमा विवादलाई लिएर नेपाल भारतबीच सम्बन्ध चिसिएको बेला र नेपालको राजनीति तरल अवस्थामा रहेको बेला नरवणेको नेपाल भ्रमण भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस