कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द : केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द : केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना देखियो


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द भएको छ । चार केन्द्रीय सदस्यसहित केही कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबारदेखि केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द भएको हो ।

असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणमा केही केन्द्रीय सदस्यसहित कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएका हो । यही असोज २२ गतेसम्मका लागि केन्द्रीय कार्यालय बन्द गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यद्यपि कांग्रेसले सोमबार बोलाएको केन्द्रीय कार्यसमिति बैठकबारे भने कुनै निर्णय गरिसकेको नसकेकोले अपराह्‍नसम्म बैठकबारे टुंगो लाग्‍ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस