म्याद गुज्रिएका लाखौँको खाद्यान्न सामाग्री नष्ट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

म्याद गुज्रिएका लाखौँको खाद्यान्न सामाग्री नष्ट


१४ आश्विन २०७७, बुधबार


डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले म्याद गुज्रिएका खाद्यान्न सामाग्री बरामद गरी नष्ट गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले लाखौँको म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बरामद गरी नष्ट गरेको हो ।

मँगलबार र बुधाबार दुई दिनमा म्याद गुज्रिएका करिब २९ प्रकारका खाद्य तथा पेय पर्दाथ बरामद गरी जिल्ला प्रशासनमा नष्ट गरेको छ । धेरै लामो समयपछि बजार अनुगमन गरेको जिल्ला प्रशासनले बजारमा दैनिक उपभोग्य सामाग्रीहरू सप्लार्यस गर्ने होलशेलरहरुको गोदामबाट म्याद गुज्रिएका दैनिक उपभोग्य सामान बरामद गरेर ल्याएको हो ।

बजार अनुगमनको अधिकार स्थानीय सरकारमा छ तर नियमन निकाय जिल्ला प्रशासन भएको र नागरिकको गुनासो बढेपछि आफै बजार अनुगमनमा गएर छापा हान्दा धेरै जसो पसलहरू र होलसेल गोदाममा म्याद गुज्रिएका सामान भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन् ।

सहायक प्रजिअ शर्माका अनुसार कोरोनाको कारण लामो समय सम्म बजार अनुगमन भएन बजारमा व्यापारीले मनपरी मिति सकिएका खाद्य सामाग्री बिक्री गरेको जानकारी पाएपछि हामीले छापा हानेका हौ लाखौँ रुपैयाँको सामान बरामद गरेर नष्ट गरेका छौ यदि अझै पनि केही सूचना आएको र फेरी गलत गरेको भेटिए कानुन बमोजिम कारबाही हुने बताइन् ।

कम मिति भएका सामान डोल्पा आउने गरेको र त्यही माथि पनि मिति सकिएको सामान माथिल्लो डोल्पा जाने गरेको सूचना पाएका छौ यसमा माथिल्लो डोल्पा सामान लिने नागरिक सचेत हुन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आग्रह गरे ।

प्रजिअ सुनारले भने हामी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई मुक्ति दिँदैनौ कारबाही हुन्छ पहिला सचेत गराउँछौ । बजारमा भएका अनियमितताको गुनासा बढी रहेकोले स्थानीय सरकार र उद्योग वाणिज्यसँग सहकार्य गरेर नियमित अनुगमन बढाउने प्रजिअ सुनारले बताए ।

कोरोनाको महामारीले केही कठिनाइ भएको हो व्यापारीले पनि सामान समयमा नबेच्नु गलत भयो यसलाई हामी अब निगरानी बढाउँछौ डोल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालीमान बुढाले बताए । डोल्पामा अधिकांश सामान थोरै म्याद रहेको डोल्पा आउने गरेको नागरिकको आरोप रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस