चितवन रत्‍ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

चितवन रत्‍ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


चितवन । रत्‍ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनासंग मिल्दो जुल्दो लक्षण देखा परेपछि भदौ २८ गते नमुना संकलन गरि भरतपुर १९ कोभिड प्रयोगशालामा पठाइएकामा पाँच दिनपछि बिहीबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं गएर फर्किएपछि असजिलो महसुस भई स्वाद हराएपछि आफूले कोरोना परीक्षण गरेको वनले बताए ।

स्वाब संकलनपछि उनी घरकै छुट्टै कोठामा बसेको र अहिले स्वस्थ्यमा कुनै जटिल समस्या नआएकाल घरकै आइसोलेसनमा बसिरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस