विश्वकै पहिलो धनाढ्य बने जेफ बेजोस : २०० अर्ब डलर सम्पत्ति « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

विश्वकै पहिलो धनाढ्य बने जेफ बेजोस : २०० अर्ब डलर सम्पत्ति


११ भाद्र २०७७, बिहिबार


काठमाडौं । जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ५६ वर्षीय धनी बेजोस २०० अर्ब डलरभन्दा बढी सम्पत्ति सहित विश्वको अहिलेसम्मकै धनी बन्न सफल भएका छन् ।

बुधबार दिउँसो अमेजनको स्टक दुई प्रतिशतमा समाप्त हुँदा बेजोसको कूल सम्पत्तिमा ४.९ अर्ब डलरले बढोत्तरी हुन पुगेको छ । बुधबार १ः५० मिनेट जाँदा अमेजनका संस्थापक तथा सीईओको सम्पत्ति २०४.६ अर्ब (२४१ खर्ब ९० अर्ब ३२ करोड रुपैयाँ) पुगेको छ । जुन विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कूल सम्पत्तिको तुलनामा करिब ९० अर्ब डलरले बढी हो । बिल गेट्ससँग हाल कूल सम्पत्ति ११६.१ अर्ब डलर रहेको छ ।

फोर्ब्सले करिब चार दशकदेखिको गणनामा बेजोसले यस्तो कोशेढुङ्गा पार गरेको बताएको छ । यसअघि बिल गेट्स सय अर्ब डलर सम्पत्ति भएको पहिलो व्यक्ति बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस