उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण


१० भाद्र २०७७, बुधबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस