प्रदेश सभाका ५ मर्यादापालकमा कोरोना पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सभाका ५ मर्यादापालकमा कोरोना पुष्टि


२२ जेष्ठ २०७७, बिहिबार


जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना सुरक्षाकर्मी एवं मर्यादापालकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सङ्क्रमण पुष्टि भएपछि प्रदेश सभा बैठक स्थगित भएको छ। बिहीबार प्रदेश २ मा थपिएका १०२ जनामध्ये ५ जना प्रदेश सभाका मर्यादापालक हुन्।

पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ।

दोस्रो बैठक कार्यसूची अनुसार बिहीबार ३ बजे आह्वान गरिएको थियो। तर, मर्यादापालकको रिपोर्ट पोजेटिभ आएपछि बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

चौथो अधिवेशन आह्वान गर्नुअघि प्रदेश सभाका सभामुख, उपसभामुख, सबै सांसद, कर्मचारी र सुरक्षाकर्मीको पीसीआर परीक्षण गरिएको छ। सांसद र कर्मचारीहरूको पीसीआर रिपोर्ट मङ्गलवारसम्म आएको थियो। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएपछि बुधवार प्रदेश सभा बैठक सुरु भएको थियो। तर, बिहीबार आएको रिपोर्टमा पाँच जना सुरक्षा कर्मी र मर्यादा पालकमा कोरोना देखिएपछि निर्धारित बैठक स्थगित भएको सचिवालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस