कपिलवस्तुमा ३९७ जनाको स्वाब संकलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कपिलवस्तुमा ३९७ जनाको स्वाब संकलन


८ जेष्ठ २०७७, बिहिबार


कपिलवस्तु । जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो ।

सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वाथ्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिए। बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौ, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ ।

यस्तै बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब संकलन भएको छ ।

यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब संकलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ ।जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानवाट स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस