भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३९ हजार निको भए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३९ हजार निको भए


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको छ । जसमध्ये ३९ हजार २ सय ३३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । मृत्यु हुनेको संख्या पनि तीन हजार एक सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३४ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा कोरोना भाइरसका ४ हजार ९ सय ७० नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ हजार ५८ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार दुई सय ४९ जनाको मृत्यु भइसकेको छ । गुजरातमा अहिलेसम्म ११ हजार सात सय ४५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ६ सय ९४ पुगेको छ ।

त्यसैगरी तमिलनाडुमा ११ हजार ७ सय ६० जनामा संक्रमण देखिँदा ८१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ५ हजार २ सय ३६ पुगेको छ । यो राज्यमा २ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा २ हजार ८ सय २५ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २ सय ४४ पुगेको छ ।

उत्तर प्रदेशमा पनि संक्रमित संख्या ४ हजार ६ सय ५ पुगेको छ । उत्तर प्रदेशमा हालसम्म कोरोना भाइरसबाट एक सय १८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार तीन सय ९१ संक्रमित पुग्दा नौ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस