कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने


५ जेष्ठ २०७७, सोमबार


मेलम्ची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने बताएका हुन्। यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए ।

त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस