गोकर्णमणि दुवाडी सचिवमा बढुवा भएका छैनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोकर्णमणि दुवाडी सचिवमा बढुवा भएका छैनन्


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । वरिष्ठ सहसचिव गोकर्णमणि दुवाडी सचिवमा बढुवा भएका छैनन् ।

जेठ ४ गते आइतबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको भनिए पनि उनलाई सचिव बनाउने निर्णय भएको छैन ।

पछिल्लो केही समययता समितिले एक नम्बरमा सिफारिस वरिष्ठ सहसचिवलाई नै सरकारले सचिवमा बढुवा गर्ने गरेअनुसार दुवाडीको नै हुने र निर्णय भइसकेको भन्ने स्रोतको दाबीलाई आधार मान्दै दुवाडी सचिवमा बढुवा भएको समाचार प्रकाशित भएकोमा उनको बढुवा भएको नपाइएकोले उक्त समाचार हटाइएको छ । त्यसबाट पर्न गएको असरप्रति क्षमा चाहन्छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस