फेरि थपिए ३ जना, कोरोना संक्रमितको संख्या २ सय ७६ पुग्यो « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

फेरि थपिए ३ जना, कोरोना संक्रमितको संख्या २ सय ७६ पुग्यो


३ जेष्ठ २०७७, शनिबार


काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले केही बेर अगाडि ६ जनामा पुष्टि भएको जानकारी दिएको थियो । पछिल्लो पटक फेरि ३ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिएको छ ।

यो सँगै हालसम्म नेपालमा संक्रमितको सँख्या २ सय ७६ पुगेको छ ।

शनिबार बिहान बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका थिए ।

पछिल्लो अपडेटमा कपिलवस्तु, शिवराज न.पा चन्द्रौटा निवासी २५, ३४, र ४४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Image may contain: text

Tags :
प्रतिक्रिया दिनुहोस