बाँकेका कोरोना सङ्क्रमितलाई दाङ पठाइने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बाँकेका कोरोना सङ्क्रमितलाई दाङ पठाइने


२ जेष्ठ २०७७, शुक्रबार


बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका आठ कोरोना सङ्क्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा पठाइने भएको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन अस्पताल सङ्क्रमितले भरिएपछि उनीहरूलाई दाङ पठाउन लागिएको हो ।

बिरामीलाई दाङ लैजान नेपालगन्जबाट स्वास्थ्य कर्मीसहित एम्बुलेन्स नरैनापुर पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस