लकडाउनको स्वरूप परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लकडाउनको स्वरूप परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय


२ जेष्ठ २०७७, शुक्रबार


सह सचिव

काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस