लकडाउन थपिन सक्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लकडाउन थपिन सक्ने


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ।

शुक्रवार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा लकडाउनलाई लम्ब्याउने विषयमा छलफल भएको हो।

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल बोलाइएका विशेषज्ञहरूको लकडाउन थप गर्न सुझाव दिएको बैठकमा उपस्थित एक मन्त्रीले बताए।

‘उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको बेला लकडाउन थप्न नै उचित हुन्छ भनेका छन्’ ती मन्त्रीले प्रशासनलाई भने ।

उक्त सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल पछि मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ ।

सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस