थप २४ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

थप २४ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३


प्रशासन विशेष ब्युरो

३१ बैशाख २०७७, बुधबार


काठमाडौं । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् ।

प्रतिक्रिया दिनुहोस