थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१८ पुग्यो « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१८ पुग्यो


३१ बैशाख २०७७, बुधबार


काठमाडौँ । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बाँकेका ३६ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २१८ पुगेको छ ।

संक्रमण पुष्टि भएका व्यक्ति बाँकैको नेपालगञ्ज–८ का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस