गृह सचिव र प्रहरी प्रमुखद्वारा उपत्यका नाका निरीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृह सचिव र प्रहरी प्रमुखद्वारा उपत्यका नाका निरीक्षण


३० बैशाख २०७७, मंगलबार


काठमाडौँ । गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरूको टोली नागढुंगा नाकाको निरीक्षण गरेको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आइजिपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेल, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतको टोली मङ्गलवार साँझ नागढुंगा नाकामा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रिपरिषद् बैठकमा असन्तुष्टि जनाएपछि कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका वेला नाकाबाट लुछिछिपी उपत्यका प्रवेश गर्ने तथा अत्यावश्यक कामविना पनि सवारीसाधन उपत्यका भित्रिने गरेको समेत सूचनाका आधारमा टोली निरीक्षणमा निस्किएको गृहका एक अधिकारीले प्रशासनलाई बताए ।

मङ्गलवार मात्रै नेपालमा ५७ जनामा कोरोना सङ्क्रमित पुष्टि भइसकेको छ भने गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरी सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस