अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

अधिकारकर्मी पहाडीसहितका व्यक्ति नियन्त्रणमा


३० बैशाख २०७७, मंगलबार


पक्राउ

काठमाडौँ । लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौँमा पहाडीसहित लकडाउन उल्लङ्घन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमखु प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनीहरुलाई दिनभर राखेर छाडिने जनाइएको छ ।

केहीदिनअघि भारतले सीमा अतिक्रमण गरेको विरोधमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेतासहित ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ । सरकारले सडक बनाएको विषयमा कूटनीतिक नोट पठाउँदै शान्तिपूर्णरुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ । सरकारले उक्त क्षेत्र नेपालको भूमि भएको प्रष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस