सप्तरीमा एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१


२९ बैशाख २०७७, सोमबार


काठमाडौं । सप्तरीमा एक जना कोरोना संक्रमित भेटिएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

संक्रमित युवकको अवस्था समान्य रहेको र हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस