लागू औषधसहित ५ पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागू औषधसहित ५ पक्राउ


२५ बैशाख २०७७, बिहिबार


काठमाडौं । पर्साबाट लागूऔषध सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका ३ का ४६ वर्षीय सन्तोष पटेल, ३७ वर्षीय बबिता देवी, २८ वर्षीय टिंकु श्रीवास्तव, बिन्दबासिनी गाउँपालिका २ का २८ वर्षीय राजनाथ यादव र बारा प्रसौनी गाउँपालिका ३ का ३२ वर्षीय मुग्रीम साह रहेका छन् ।

उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

घर भित्र लुकाइराखेको अवस्थामा लागू औषध डाइलेक्स ८६ बोतल १ सय एमएलका, डाइलेक्स १०३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट, ३६ पसि र सिम्प्लेक्ट ८ पत्तँमा ५७ पिुस प्रहरीले बरामद गरेको छ ।

यसबार थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस