वैदेशिक रोजगारीमा रहेका ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन तयार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वैदेशिक रोजगारीमा रहेका ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन तयार


२४ बैशाख २०७७, बुधबार


काठमाडौं । वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देशमा रहेका ५ लाख ३४ हजार नेपालीहरु स्वदेश फर्किन तयार रहेको बताइएको छ । नेपाल सरकारले गरेको अध्ययन अनुसार विदेशमा रहेका नेपालीहरु ठूलो संख्यामा नेपाल फर्किने तयारीमा रहेको देखिएको छ ।

लकडाउन खुल्न नपाउादै १ लाख २७ हजार नेपाली स्वदेश फर्किन चाहेको बताइएको छ । बुधबार सिंहदरबारमा बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा सो कुराको जानकारी दिइएको छ ।

यसरी स्वदेश फर्किन चाहनेमा कतार, यएई, साउदी, कुवेत, बहराइन, ओमान र मलेसियाका गरी ७ देशका कामदारहरु छन् । बैठकमा यसरी समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले निर्णय गर्नुपर्ने बताईएको थियो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले ४ लाख ७ हजार कामदारले लकडाउन खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गरेको बताएका छन् । उनले यो विवरणसहित सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन बोर्डले श्रम मन्त्रालयमा बुझाएको बताए।

प्रतिवेदनमा समितिहरुले के–के काम गर्ने भनेर प्रतिवेदनमा स्पष्ट सुझाव दिइएको उनले बताए ।

हाल विदेशमा ११ नेपालीको शव अलपत्र रहेको समेत श्रेष्ठले बताएका छन् । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याउन सकिएको छैन ।

आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८७५ जना नेपाली विश्वका विभिन्न भागमा पुगेको बोर्डले जनएको छ । त्यसमध्ये भिजिट भिसा बाहेक १४ लाख ८७ हजार ४५२ जनामात्रै कामको लागि अनुमति लिएर गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस