भारतमा कोरोना संक्रमितलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टरविरुद्ध मुद्दा दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा कोरोना संक्रमितलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टरविरुद्ध मुद्दा दर्ता


२२ बैशाख २०७७, सोमबार


मुम्बई । कोरोना संक्रमितलाई यौन दूव्र्यवहार गरेको आरोपमा भारतको मुम्बइका ३४ वर्षीय डाक्टर विरुद्ध मुद्दा दर्ता भएको छ । मुम्बई सेन्ट्रल एरियाको निजी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितलाई दूव्र्यव्यवहार गरेको आरोप लागेको हो ।

३४ वर्षका एक पुरुष डाक्टरले आइसीयू वार्डमा भर्ना भएका ४४ वर्षका पुरुषलाई असहज हुनेगरी शरीरका विभिन्न भागमा छोएको प्रहरीले बताएका छन्।

यौन दुव्र्यवहारको आरोप लागेका डाक्टरमाथि अस्पतालमा नियुक्त भएको दोस्रो दिन नै यौनहिंसाको आरोप लागेको बताइएको छ ।

मुद्दा दर्ता भएता पनि ती डाक्टर अहिलेसम्म समातिएका छैनन्। कोरोना संक्रमितको उपचारमा खटिएकाले उनलाई हाल घरमै क्वारेन्टिनमा राखिएको जनाइएको छ।

पीडितले यौन दुव्र्यवहार भएको आरोप लगाएपछि अस्पतालले नै प्रहरीलाई खबर गरेको थियो।

ती डाक्टरलाई अस्पतालले बर्खास्त गरिसकेको पनि जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस