एसइई परीक्षा जेठ अन्तिम साता गर्न सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसइई परीक्षा जेठ अन्तिम साता गर्न सिफारिस


१८ बैशाख २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा(एसइई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा वैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औँल्याएको हो ।

एसइई र कक्षा १२ को परीक्षा एउटै समय(दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।

एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस(कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसइई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस