सांसद यादवले मानव अधिकारमा दिए अपहरणको उजुरी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सांसद यादवले मानव अधिकारमा दिए अपहरणको उजुरी


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बुधबार आयोगको कार्यालय पुगेर सांसद यादवले नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा सर्वेन्द्र खनालविरुद्ध उजुरी दिएका हुन् ।

यसअघि उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेका थिए तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस