चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन


१८ बैशाख २०७७, बिहिबार


काठमाडौँ । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।

प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेर समूहका नेपाली नागरिकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिन आग्रह गरिएको छ।

अध्यक्षको छनोट व्यावसायिक कार्य योजना, कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा हुने बताइएको छ।

यसअघि आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएकोमा यस पटक प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने प्रावधान थपिएको छ।

आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सबल तथा कमजोर पक्ष र भावी रणनीति बुँदागत रूपमा पेस गर्न भनिएको छ।

गत मङ्सिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस