नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ। विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको हो।

मङ्गलवार अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटघाटमा सचिवालय बैठक बस्ने समझदारी भए अनुसार आज बैठक बसेको हो।

सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकोलगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको छ ।

सचिवालय बैठकमा आफूलाई बलियो देखाउन दुवै गुटका नेताहरूले सांसदको हस्ताक्षरसमेत चलाएका छन्। बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि आफूलाई बलियो देखाउन ओली पक्षले मङ्गलवारै सांसदको हस्ताक्षर चलाएका भने ओलीले सांसद हस्ताक्षर सुरु गरेपछि प्रचण्ड र माधवकुमार नेपाल गुटका नेताहरूले पनि आजै हस्ताक्षर सङ्कलन गरेका छन्

प्रतिक्रिया दिनुहोस