समुन्नत समाज रूपान्तरणको आधार : प्रशासनमा आध्यात्मिकता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समुन्नत समाज रूपान्तरणको आधार : प्रशासनमा आध्यात्मिकता


१७ बैशाख २०७७, बुधबार


‘स्वराज्य अधिकारी नै विश्व राज्य अधिकारी हो । जसले कर्म इन्द्रियलाई जित्न सक्छ त्यो जगत जित बन्न सक्छ ।’ शिबवावा एडमिनिस्ट्रेशन शब्द ल्याटिन भाषाको ‘एडमिनिस्ट्रारे’बाट बनेको हो । जसको अर्थ ‘टु सर्भ द पिप्ल, टु केयर फर द पिप्ल अर टु लुक आफ्टर द पिप्ल टु मयानेज द पब्लिक अफेयर्स’ भन्ने हुन्छ । सार्वजनिक प्रशासनलाई मुलुकी प्रशासन पनि भनिन्छ । सार्वजनिक हितका लागि स्थापित सरकारी प्रशासन नै सार्वजनिक प्रशासन हो । जनसेवा र जनसरोकारसँग प्रत्यक्षरुपमा सम्बन्धित जनताको सबल भविष्य निर्माणमा समर्पित र क्रियाशील प्रशासन हो सार्वजनिक प्रशासन । समग्रमा सार्वजनिक प्रशासन भन्नाले शासन व्यवस्थापनका हरेक क्रियाकलापमा संलग्नता देखाउने बृहद, सशक्त र वैज्ञानिक संयन्त्र हो । अर्को शब्दमा स्थायी सरकार जसले राजनैतिक शून्यतामानसमेत सरकारको उपस्थिति देखाउँछ र सरकारद्वारा नियन्त्रित र निर्देशित हुने संरचना तथा सार्वजनिक नीति कार्यान्वयन गर्ने संयन्त्रका रूपमा कार्य गर्दछ भन्ने बुझिन्छ ।

राज्यद्वारा निर्धारित कानुनबाट नियमन, सञ्चालन र व्यवस्थापन हुने पद्दती एवं जनता र सरकारबिचको पुल हो भनी राजनीति शास्त्रका विद्धानहरूले व्याख्या समेत गरेको पाइन्छ । नेपालको सन्दर्भमा सङ्घीय लोकतान्त्रिक राज्य प्रणालीको मार्गलाई दिगो बनाउँदै जनचाहना अनुरूपको विकासको कार्यसूची कार्यान्वयन गर्ने प्रशासकीय संयन्त्र नै सार्वजनिक प्रशासन हो ।

महान् दार्शनिक पाइथागोरस भन्छन् –‘जो मनुुस्य स्वयं माथि नियन्त्रण गर्न सक्दैन त्यो स्वतन्त्र पनि हुन सक्दैन ।’

घर परिवार समाज राजकीय होस् वा सामाजिक वा आध्यात्मिक ढाँचा जुनसुकैमा प्रशासनिक व्यवस्था रहेको हुन्छ । जहाँ प्रशासनिक व्यवस्था राम्रो हुन्छ, त्यहाँ श्रेष्ठ र बेहत्तरीन कार्यक्षमता देख्न सकिन्छ । कार्य व्यवस्थित चलिरहेको छ । तथापि कार्य गर्ने व्यक्तिमा सद्भावनाको वातावरण तनावपूर्ण परिस्थितिबाट गुज्रिरहेकोछ भने सफलता प्राप्त गर्न प्रायः असम्भव नै हुन्छ । यसको प्रत्यक्ष संलग्नता प्रशासनिक व्यवस्थासँग हुन्छ । शोध अनुसन्धान र चिन्तन पश्चात् यस सम्बन्धमा प्रस्ट भएको छ, कि – जस्तो हाम्रो अवस्था त्यस्तै हाम्रो व्यवस्था हुन्छ ।

आज हामी दैख्दैछौँ चाहे घर, कार्यालय, कार्यस्थल होस् या निजी संस्थान सबैतिर असन्तोष सुव्यवस्थाको प्रमुख कारण बन्न पुगेको छ । जहाँ परस्पर प्रेम तथा सम्मानको भावना हुन्छ त्यहाँ हर एक कार्यमा सहजता एवं सफलता हुन्छ । परन्तु आज हामीले आत्मिक धर्म वा कर्मलाई भुलेर देह अभिमानमा आएका छौँ, कसैले पनि आफूलाई सानो सम्झिँदैनौँ । जोसँग अधिकार छ उसमा प्रेम र सेवा भावको स्थानमा स्वामित्व र प्रभुत्वको झलक देख्न पाइन्छ । जहाँ अभिमान हुन्छ त्यहाँ मान असम्भव छ । आपसमा प्यार सहयोग छैन भने सत्यता छिप्न पुग्दछ त्यसपछि अपराध र अनैतिकताको साम्राज्य सुरु हुन्छ । यदि प्रशासक गण स्वयम् मूल्य अपनाउँदैनन् भने मूूल्यनिष्ठ समाज रूपान्तरणको परिकल्पना केवल कोरा कागज मात्र हो । जुन ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै हुन जान्छ । त्यसैले अब समय आइसकेको छ, मूल्यहरूको धारणा गरी आध्यात्मिक क्रान्ति ल्याउने ।

आज मानिस भौतिक सुखको चाहनामा इच्छाहरूलाई बिस्तार गर्दै गइरहेको छ । इच्छाहरूको सहज पूर्तिको अभिलाषा सहित कुण्ठित बनेको मानिसले ती इच्छाहरू अतृप्त भएपछि गलत क्रियाकलाप (पाप कर्म) गर्न प्रवृत्त हुन्छ । फलस्वरूप हत्या, बलात्कार, भ्रष्टाचार आदि समस्यारतको जन्म हुन्छ । यी समस्याहरूको जननी हो अतृप्त चाहना, असीमित इच्छाहरू र अनन्त कामनाहरू । यदि समस्या समाधान गर्ने हो भने चाहना, इच्छा र कामनाहरूलाई अन्त्य गर्नुपर्दछ । यी सबै गलत कर्मको कारण आत्माभित्रको अज्ञानतारूपी अन्धकार हो, उच्च मनोबलको अभाव हो, श्रेष्ठ लक्ष्यप्राप्तको शून्यता हो, सत्सङ्ग, सत्कर्म र सद्भावको कमी हो । समग्रमा यथार्थ नैतिक, चारित्रिक एवं आध्यात्मिक शिक्षाको कमी हो । जब मानवभित्र कामवासना प्रबल हुन्छ, तब बलात्कार जन्मन्छ । क्रोध प्रबल हुने बित्तिकै झगडा, हत्या र हिंसाले जन्म लिन्छ । लोभले भ्रष्टाचारलाई जन्म दिन्छ । तनावका कारण डिप्रेसन र तत्पश्चात् आत्महत्या जन्मन्छ । वास्तवमा दोषी को हो भन्ने कुराको सही पहिचान नगरीकन कसरी हामी दण्ड–सजायको वकालत गर्न सक्छौँ ? विधिको शासन र न्यायका लागि त कर्म–कारणको सही पहिचान हुनु अति आवश्यक छ ।

प्रशासनलाई आचरणयुक्त बनाउन नितान्त आवश्यक छ । नीति नियम राम्रा बन्दछन् तर विडम्बना π नियम पालना आचरणबाट टाढा भएको स्थिति । आचरण या व्यवहार श्रेष्ठ बनाउनको लागि जीवनमा त्याग सेवासर्मपण, लगन कर्तव्यनिष्ठता, इमान्दारिता निःस्वार्थता आदि नैतिक मूूल्यहरु स्वयंको जीवनमा अपनाउनु आवश्यक छ । साथसाथै प्रभावी प्रशासनका लागि प्रशासकको कथनी र करनी समान हुर्कनुपर्दछ किनकि प्रशासकको व्यवहारिक जीवनले अरूलाई प्रभावित गर्न सक्छ । अरूलाई भन्नु र गराउनु भन्दा पहिला आफ्नो जीवनमा अपनाउनु जरुरी छ । फलस्वरूप विना अपेक्षा उसप्रति सम्मान प्रकट होस् र प्रशासन व्यवस्था तनावमुक्त, सहज र सुगम बन्न सकोस् । परन्तु संसारमा चारैतर्फ भ्रष्टचार व्याप्त छ । राजनीतिक, प्रशासनिक क्षेत्रदेखि लिएर तल्लो तहका कर्मचारीसम्म राष्ट्रको प्रशासनले सही दिशा दिने तर्फ आज नैतिक मूूल्यहरुको अति आवश्यक छ । जहाँ मूल्य र आध्यात्मिकता छैन त्यहाँ सेवा भाव अधुरो रहन्छ । सामाजिक व्यवस्था समाजमा बस्ने व्यक्तिहरूको मानसिक अवस्था माथि निर्भर गर्दछ किनभने शासन प्रशासनदेखि लिएर समाजको हरेक क्षेत्रमा वा आधुनिक समाज वा कुनै पनि कार्य गर्न एक अर्कोप्रति निर्भर हुने क्रम दिन दिनै बढ्दै छ ।

एउटै व्यक्तिले समग्र कार्य गर्न सम्भव पनि छैन । जसरी शरीरका विभिन्न अवयवहरूको आ–आफ्नै महत्त्व छ । र तिनीहरूको एकात्मकता एवं तालमेलमा नै सुन्दर र स्वस्थ शरीर निर्माण हुन्छ त्यसै गरी समाजको हर एक क्षेत्रलाई सुचारु रूपले सञ्चालन एवं स्वस्थ प्रशासनका लागि कार्यकर्ता या सेवाग्राही र प्रशासनबिच सही तालमेल एवं सुन्दर अन्तर सम्बन्ध हुनु जरुरी छ । यिनै अन्तर सम्बन्धलाई मधूूर र मैत्रीपूर्ण बनाउन निश्चय नै जीवनमा नैतिक मूूल्यहरुको निःसन्देह प्रभाव पर्दछ । परन्तु हामीले देखिरहेका छौँ । आजको बदलिँदो परिवेशमा व्यक्तिमा लालच, स्वार्थ, अनुशासनहीनता र अनैतिकता बढ्दै गइरहेको छ । आज हरेक क्षेत्र वर्गमा कर्तव्य भुलेर अधिकारप्रति अधिक सचेत भएको देखिन्छ । कामचोर, बेइमानी, लापरबाही तीव्र रूपमा बढी रहेको र कार्य प्रति सेवा भाव, निष्ठा, सत्यता र सभ्यता इत्यादि प्रायः लोप भैरेका छन् । शासक र प्रशासकले जस्तो आदर्श स्वरूप प्रस्तुत गर्दछन् त्यसै आम जनता र अधीनस्थ लोक त्यसैलाई अपनाउँछन् । यदि उच्च प्रशासनिक पद धारण गरेका पदाधिकारीहरूमा आध्यात्मिक मूूल्यहरुको स्थापना हुन सक्यो भने जीवनको एक अभिन्न अङ्गको रूपमा धारण भएको खण्डमा निश्चय नै कुशल प्रशासक बन्न सक्नेमा दुई मत रहन सक्दैन । साथै जनतामा लोकप्रियता बढ्दै जाने कुरामा शङ्का गर्नु पर्दैन । यति मात्र होइन अधीनस्थ व्यक्तिहरूको कार्य र व्यवहारमा कुशलता र नैतिकता सहजै ल्याउन सकिन्छ ।

आध्यात्मिकता आफ्नो जिम्मेवारीहरूलाई सन्तुलन बनाई राख्ने कला हो । स्वयंको प्रति, परिवारको प्रति तथा सारा विश्वको प्रतिको जिम्मेवारी तब पूरा हुन सक्दछ । जब स्वयं, परमात्मा तथा कर्मको गहन गति/नियमको गहिरो समझ प्राप्त हुन्छ । आत्म ज्ञानबाट भौतिक तत्त्व एवं त्यसका सीमाहरूबाट अनाशक्त रहने शक्ति प्राप्त हुन्छ । परमात्माको पहिचानले हामीमा सर्वगुणहरुको श्रोतको गहिरो, प्रेमपूर्ण सम्बन्ध स्थापित गरेर उक्त श्रोतहरूको विशेषता, गुण एवं शक्तिहरू स्वयंमा ग्रहण गर्न मार्ग प्रशस्त गर्दछ । कर्मको गुह्य ज्ञानबाट आफ्नो पुरानो हिसाब किताब चुक्ता गर्नुको साथै वर्तमानमा श्रेष्ठ कर्म गर्नका लागि प्रेरणा मिल्दछ । कुनै पनि व्यक्ति शारीरिक अस्वस्थता, कमजोर मानसिक स्थिति, धनको अभाव र सम्बन्धमा कटुताको सिकार हुन सक्छ । मानव जीवन यी चार कुराहरू—तन, मन, धन, जनमा आधारित छ । तथापि आज यी सबै चिज क्षणभङ्गुर एवं अविश्वसनीय भैसकेका छन् । परमात्माको स्नेहपूर्ण, प्रेममय र निरन्तर, वास्तविक स्मुतीले सहन शक्ति लगायतका अष्ट शक्तिहरू बढ्छ साथै जस्तोसुकै विषम परिस्थिति र चुनौतीको सामना गर्दै अग्र गति लिनमा सहायक सिद्ध हुन्छ ।

कर्मको गहन गतिको ज्ञानले हाम्रो श्रेष्ठ विचार, शुद्ध भावना, श्रेष्ठ कर्मको आधारमा सर्व समस्याहरूको समाधानमा अविस्मरणीय प्रगति भइरहेको हुन्छ । आध्यात्मिक व्यक्ति अभय हुन्छ । अविनाशी आत्माको अनुुभूतीले व्यक्ति मृत्युको भय र त्रासबाट मुक्त हुन्छ । साथै अवश्यम्भावी मृत्युको निश्चिन्त भावले सामना गर्न तत्पर रहन्छ । एक आध्यात्मिक व्यक्ति परम्परा एवं कर्मकाण्डहरूको घेरादेखि माथि उठेर स्वतन्त्र मस्तिष्कले त्यसभित्रको निहित सत्यको अन्वेषण गर्दछ । उ आत्म अनुशासित, अहिंसक, पवित्र र संयमी हुन्छ । आध्यात्मिक व्यक्ति ईमान्दार, साहसी, कर्तव्यनिष्ठ तथा कर्मकुुशल हुनुको साथै आफूभित्रको शक्तिहरू जस्तै सहनशीलता, समायोजन शीलता, अन्तर्मूखता, शान्ति तथा सामना गर्ने शक्तिको विकास गर्न सक्छ । सर्वोच्च शक्तिसँगको मानसिक सम्बन्धका कारण आन्तरिक बलले जीवनमा आउने जस्तोसुकै चुनौती र कठिनाईहरुलाई सदैव सामना गर्न सफल हुन्छ । आध्यात्मिकता मनको अन्तर यात्रा, मनका सुन्दर विचाररूपी मोतीहरूसँग खेलिने खेल हो । साथै सकारात्मकताको क्षितिजमा उडान भर्ने विमान हो । अर्को शब्दमा भन्नुपर्दा उद्देश्यमूलक तथा अर्थपूर्ण जीवन जिउने कला हो आध्यात्मिकता ।

आज मानिस भौतिक सुखको चाहनामा इच्छाहरूलाई बिस्तार गर्दै गइरहेको छ । इच्छाहरूको सहज पूर्तिको अभिलाषा सहित कुण्ठित बनेको मानिसले ती इच्छाहरू अतृप्त भएपछि गलत क्रियाकलाप (पाप कर्म) गर्न प्रवृत्त हुन्छ । फलस्वरूप हत्या, बलात्कार, भ्रष्टाचार आदि समस्यारतको जन्म हुन्छ । यी समस्याहरूको जननी हो अतृप्त चाहना, असीमित इच्छाहरू र अनन्त कामनाहरू । यदि समस्या समाधान गर्ने हो भने चाहना, इच्छा र कामनाहरूलाई अन्त्य गर्नुपर्दछ । यी सबै गलत कर्मको कारण आत्माभित्रको अज्ञानतारूपी अन्धकार हो,उच्च मनोबलको अभाव हो । श्रेष्ठ लक्ष्यप्राप्तको शून्यता हो, सत्सङ्ग, सत्कर्म र सद्भावको कमी हो । समग्रमा यथार्थ नैतिक,चारित्रिक एवं आध्यात्मिक शिक्षाको कमी हो । जब मानवभित्र कामवासना प्रबल हुन्छ,तब बलात्कार जन्मन्छ । क्रोध प्रबल हुने बित्तिकै झगडा, हत्या र हिंसाले जन्म लिन्छ । लोभले भ्रष्ट्राचारलाई जन्म दिन्छ ।

तनावका कारण डिप्रेसन र तत्पश्चात् आत्महत्या जन्मन्छ । वास्तवमा दोषी को हो भन्ने कुराको सही पहिचान नगरीकन कसरी हामी दण्ड–सजायको वकालत गर्न सक्छौँ ? विधिको शासन र न्यायका लागि त कर्म–कारणको सही पहिचान हुनु अति आवश्यक छ । शरीर त केबल साधन हो । मूल्य निष्ठ शिक्षाले स्वयंभित्र अन्तर्निहित दिव्यतालाई जागृत गर्दछ । आन्तरिक सशक्तीकरणले समस्त विकार र कमजोरी भष्मिभूत हुन्छन् । जीवनमा स्वप्रकारका अन्धकारहरूलाई सदाका लागि समाप्त गरौँ । कहिल्यै नभुलौँ, आध्यात्मिक शिक्षाले प्रशिक्षित व्यक्ति पाप कर्ममा कहिल्यै प्रवृत्त हुँदैन । मूल्यहरूको आधार हो विवेक । हाम्रो विवेकको उत्पत्ति आत्मामा हुन्छ र यो भौतिक स्वरूपद्वारा प्रकट हुन्छ । स्थूल देहमा आधारित पहिचानले नै भौतिक मूल्यहरूबाट प्रभावित बनाएको छ भने आत्मिक दृष्टिको आधारले भने आध्यात्मिक मूल्यहरूबाट प्रभावी बन्नेछांै। भौतिक मूल्यहरूको तुलनामा आध्यात्मिक मूल्यहरू अधिक महत्त्वपूर्ण हुन गएमा एक सकारात्मक शक्तिको उदय हुन्छ । आफ्ना नैतिक मूल्यहरूको बारेमा जान्न र त्यसको अवलम्बनका लागि हामीलाई आफ्नो आध्यात्मिक स्वरूपको पहिचान गर्न आवश्यक पर्दछ किनकि सबै श्रेष्ठ मूल्य हाम्रो मन, विचार र आध्यात्मिक स्वरूपमा निहित हुन्छन् भौतिक स्वरूपमा होइन ।

कुशल प्रशासकमा आत्मानुुशासन हुनु जरुरी छ । प्रत्येक प्रशासकले यो पनि ध्यानमा राख्नुपर्छ कि जस्तो कर्म म गर्नेछु मलाई देखेर अरूले गर्नेछन् । व्यक्ति वा समुदायमा मोह राख्ने व्यक्तिले कदापि न्याय प्रदान गर्न सक्दैन । तसर्थ, प्रशासकमा सदा त्याग तपस्या र सेवाको जीवन र कार्य व्यवहारमा प्रमुखता दिनु आवश्यकता छ । यदि हामी अरूको सामुन्ने आदर्श प्रस्तुत गर्न चाहन्छौ भने सर्व प्रथम ती आदर्श र सिद्धान्तहरूलाई आफ्नै जीवनमा अपनाउने हिम्मत र चेष्टा हुनै पर्छ । वर्तमान समयमा यस आधुनिक भौतिकताले सम्पन्न संसारमा तनाव र समस्याहरू व्याप्त छन् त्यसैले २१औ शताब्दीलाई तनावको शताब्दीले पनि चिन्न सकिन्छ । यस्तो तनावपूर्ण स्थितिमा मानसिक शक्तिको आवश्यकता हुन्छ । मानव मन चञ्चल छ । म को हुुं यसको यर्थाथ ज्ञानको अभावले न केवल प्रशासन समाजको हरेक पक्षमा तनावले घेरा हालेको छ । जसले प्रशासनलाई सफल गर्ने जिम्मा लिएको छ त्यही व्यक्ति आफैमा समस्याहरूबाट विचलित छ भने प्रशासन कसरी चलाउने ? मनुष्यको सङ्कुचित विचार र लोभबृतीले धरती र आकाश बाँडिएको अवस्था हामो सामु देखिसकेका छौ । व्यक्ति र परिस्थितिलाई परख गर्न सत्य असत्यको भेद जान्नुपर्छ ।

अतः एक प्रशासकको मन बहुत शान्त र दृढ हुुनुुपर्दछ । यसको लागी आफैँले आफैलाई अनुशासनमा राख्नु पर्ने हुन्छ । अर्को शब्दमा आत्मानुशासन विना कुशल प्रशासन सम्भवै छैन । एक अर्काको दृष्टिकोणलाई विश्लेषण गर्ने व्यक्तिले असल प्रशासन सञ्चालन गर्न सक्दछ । समाजमा भाइचाराको भावना आएमा,कानुनको साथ सन्तुलन भएमा,न्याय,दया सद्भाव तथा मूल्य आधारित प्रशासन हुन सकेमा निश्चय नै हामीले आफैलाई बदलेर पुरा विश्व परिवर्तनको महान् अभियानमा सक्षम हुनेछौ ।त्यसैले प्रशासक हैन प्रिय शासक बन्नु पर्ने र उच्च अधिकारको साथै शान्त शीतल मनले बसु दैव कुटुम्वकम्को भावनाको विकास गर्न सक्नुपर्छ । ‘हेड’ सम्झिनाले ‘हेडेक’ हुन्छ तसर्थ आफूलाई निमित्त ‘ट्रस्टी’ सम्झिनुपर्दछ । ‘‘म एक राजा हुँ किनकि मलाई आफैँ माथि शासन गर्न आउँछ ।’’ विचारक पैट्रो अरिटिनोको आदर्श महावाक्यले पनि स्व–परिवर्तनले विश्व परिवर्तन गर्न सकिने कुरालाई इङ्गित गरेको देखिन्छ ।

जब व्यक्तिले आफ्नो मन्त्रिमण्डल अर्थात् कर्म इन्द्रिय माथि नियन्त्रण, अनुशासन र सही दिशा निर्देश गर्न सक्छ तब अनुशासनले मूल्यहरूको जन्म दिन्छ । मूल्य निष्ठ व्यक्तिद्वारा गरिने प्रशासन निश्चित रूपले व्यवहारिक, सुमधुर र निर्णायक हुन्छ । अरूलाई नियन्त्रण निर्देशन र आदेश दिनु भन्दा पहिला स्वयंको मनलाई संयमित, नियन्त्रित र व्यवस्थित गर्न सक्नुपर्छ । यस संस्थामा दिइने सहज राज योगको अभ्यासद्वारा हामी आफ्नो कर्म इन्द्रियको प्रशासक बन्न सक्दछौँ । राज योग एक आदर्श जीवन जिउने कला हो । राज योगबाट प्राप्त स्वशासन सुशासनको आधारशिला हो । राज योगले हामीलाई स्व–निरीक्षण तथा आत्म विश्लेषण गर्न सिकाउँदछ । यसको निरन्तर प्रयासले हामी भित्र रहेका कमी कमजोरी थाहा लाग्दछ साथै ईश्वरीय ज्ञानले दिव्य गुण र शक्तिहरूको विकास सम्भव हुन्छ । हामो व्यक्तित्वमा निखारता आउँछ । भौतिक उन्नतिका साथ साथै आध्यात्मिक उत्थानबाट मात्र जीवनस्तर उच्च,महान् र आदर्शमय हुन्छ ।

आध्यात्मिकताले एकाग्रता बढाउँछ भने तनाव समेत कम गर्न सकिन्छ । आद्यात्मिकताद्धारा हामी भित्रका शक्ति एवं प्रशासनिक क्षमताको विकास हुन्छ फलस्वरूप हामीमा कुशलतापूर्वक प्रशासन गर्नमा सहजीकरण हुन्छ । व्यक्तिको चित्त शान्त, स्थिर एवं संयमित भएमा कठिन परिवेशमा सही निर्णय दिने सक्ने आदर्शमय अवस्थाको शुभारम्भ हुन्छ । त्यस्तो प्रशासक प्रेरणाको श्रोत बन्न सक्नेमा २ मत नहोला । आध्यात्मिक सशक्तीकरण परमात्माको सान्निध्य, ईश्वरीय साधना र स्वयंका बारेमा विस्तृत ज्ञानले आन्तरिक ऊर्जाको जन्म दिन्छ । यदि सामाजिक आर्थिक व्यवस्था चुस्त दुरुस्त होस व्यवहारिक ढाँचाले सही दिशा निर्देश गर्न सकोस् भन्ने चाहना तवमात्र चरितार्थ हुन सक्छ जब आन्तरिक शासन मर्यादित हुन्छ । कल्याणकारी शिव परमात्मा यस समयमा एक समुन्नत बहत्तर प्रशासनको निंव लगाउँदै हुनुहुन्छ । यस्तो महान् कार्यमा सहभागी बनौँ र श्रेष्ठ प्रशासन कलाको विकास गरौँ । यसैबाट सुरुवात हुनेछ सुव्यवस्थित प्रशासन एवं समुन्नत श्रेष्ठ सामाजिक व्यवस्थामा रूपान्तरण ।

कुशल प्रशासनका लागी जीवनमा अपनाउनु पर्ने आध्यात्मिक मूल्यहरू :

सद्भावना—सबै कोप्रति भेदभावरहित, शुभ भावना, कल्याणको भावना, समता र सम्मान हुनु ।

प्रेम— भनिन्छ प्यारले पत्थरलाई पनि पगाल्न सक्छ । सबैभन्दा ठुलो स्नेह आत्मिक स्नेह हो । हाम्रो दृष्टि र व्यवहारबाट अभिव्यक्त स्वार्थरहित प्रेम भावनाले जीवन सुन्दर र महान् बनाउँछ ।

शान्ति—आत्म चिन्तनबाट अनुभव हुन्छ कि म शान्त स्वरूप आत्मा हुँ । शान्तिमा शक्ति छ । त्यसैले सबैलाई शान्ति बाँड्दै जानु पर्छ । यदि हामी आफै अशान्तमा छौँ भने अरूलाई अशान्त गर्छौँ र सही निर्णय लिन सक्दैनौ । तसर्थ दिललाई जोडौँ तोडेर टुक्रा टुक्रा नपारौँ

पवित्रता—कुनै पनि व्यवस्थालाई सुख शान्तिमय बनाउन हाम्रो मन, बचन, कर्म र व्यवहारमा पवित्रता हुनुपर्दछ पवित्र सुन्दर र सकारात्मक विचारबाट गरिने कर्म सुन्दर, श्रेष्ठ र फलदायी हुन्छ । पवित्रता नै सुख
शान्तिको जननी हो ।

ज्ञान— जसरी शरीर चलाउन र कुनै कर्म गर्नका लागि विज्ञान प्रविधिको ज्ञान चाहिन्छ । त्यसरी मूल्यहरूको विकास गर्न आध्यात्मिक ज्ञानको आवश्यकता छ । ज्ञान शक्ति हो,प्रकाश हो,जसमा दुर्गुणरूपी
अँध्यारो किट्दछ ।

प्रसन्नता— यदि प्रशासक प्रशन्नचित छ भने आधा समस्याको समाधान त उसको साक्षात्कारबाट नै हल गर्न सकिन्छ । कसैबाट पनि हुने अनावश्यक भय मुक्त हुन सक्दछ । मुस्कान सहितको सेवा प्रभावकारी हुन्छ

मधुरता — बाणको घाउ मेटाउन सकिन्छ तर बचनको घाउले जीवनभर घाइते बनाई रहन सक्दछ । त्यसैले शिक्षा र दण्ड पनि मधुरता मिश्रित हुनुपर्दछ । कम,मधुर र बिस्तारै बोल्ने व्यक्तिको मन एकाग्र र
शान्त रहन्छ । मधुरताले शक्ति नष्ट हुन पाउँदैन र उ सवैबाट सम्मानित भइरहेको हुन्छ ।

न्याय — प्रशासक त्यही हो जो पक्षपातरहित र स्वार्थरहित रहेर सबैलाई एक समानले न्याय प्रदान गर्दछ । भाव भेदभाव र स्वभाव अनि टक्रावको चक्रव्यूहबाट टाढा हुन्छ ।

एकता —एकतामा शक्ति हुन्छ र सफलता पनि । त्यसैले सहयोग,समन्वय भावनाले सङ्गठनलाई मजवुद गर्न सकिन्छ ।

निमित्त भाव — जतिसुकै उच्चाधिकार प्राप्त होस् परन्तु अहम् दुराशयपूर्ण नियतले कसैको अहित नहोस् । सदैव जन हितको लक्ष्य रहोस् । हर एकको कर्म र व्यवहारलाई साक्षी भावले हेर्ने र निमित्त सम्झेर कार्य सम्पादन गर्न सचेत रहनु पर्दछ ।

जिम्मेवारी — स्वयं जिम्मेवार बनेर अरूलाई जिम्मेवारी सुम्पिन सकिन्छ । यही सेवाको अनिवार्य सर्त हो ।

सरलता — प्रशासक सिर्फ प्रशासक हुँदैन अपितु मार्गदर्शक पनि हुन्छ । त्यसैले उसको जीवन आदर्श हुनुपर्दछ । साद्गी,सरलता,उच्च विचार यी सद्गुणबाट हामी अरूलाई केही सिकाउन सक्दछौ ।

अतः हरेक व्यवस्थापकले नकारात्मक विचारलाई सकारात्मक विचारमा बदल्ने शक्ति स्वयंमा विकास गर्नुपर्छ । चरित्ररूपी निंवमा प्रशासनरूपी घर बन्दछ जसको आयु दीर्घकालसम्म रहन्छ । जसरी कारलाई इन्धनको आवश्यकता छ त्यसै गरी आत्मामा रहेको मनलाई ज्ञान योगको ।

कुशल प्रशासकले लोक कल्याण हेतु विचार गरी प्रशासन सञ्चालन गर्न जरुरी छ । जसले विपत्तिको घडीमा सबैको बचाउ गर्न अग्रसरता देखाउने असल प्रशासक÷नेता बन्दछ उसैले समस्याहरूको निराकरण सफलतापूर्वक गर्न सक्दछ । प्रशासक चरित्र वान बन्नु जरुरी छ । कुशल प्रशासक तवमात्र सफल प्रशासक बन्न सक्छ जब उ स्वयंमा खुसी रहन्छ र सबैलाई खुसी राख्न सक्दछ । एक अर्काको परिस्थितिमा ध्यान दिँदै विपरीत अवस्थामा मानवीय दृष्टिकोण अपनाउन सक्नु प्रशासन कला हो,प्रशासक त्यसतर्फ सचेत, जागरूक र समर्पित हुनु पर्दछ । आध्यात्मिक ज्ञान, शिक्षा एवं राज योगको अभ्यासले हाम्रो सोच एवं कार्य व्यवहारमा आमूल परिवर्तन आई व्यावसायिक जीवन बहुत उपयोगी हुन्छ । प्रशासक निर्विकारी तथा अनाशक्त हुनुपर्दछ । सेवाग्राहीको तनाव कम गर्दे सुख शान्ति संवृद्धि र सेवामा अग्रसर रहनुपर्छ ।

प्रत्येक व्यक्तिले आफ्नो आन्तरिक शासकलाई आत्म ज्ञानले जागृत गर्नु आवश्यक छ जसबाट विनम्रता, निस्कामभाव निर्मलता जस्ता मूूल्यहरुको विकास हुन्छ । शरीरलाई चलाउने वाला शासक(आत्मा) लाई शक्तिशाली बनाउन कर्मेन्द्रीयजीत बन्नु जीवनमा सन्तुलन राख्नु तथा स्वयंको मनलाई नियन्त्रण गर्नु जरुरी छ परम सुन्दर (सत्यं शिवं सुन्दरम्) को ज्ञान जीवनमा धारण हुन सकेमा व्यक्ति दुःखदायी विकारबाट मुक्त हुन्छ । राज योगको नियमित अभ्यासी तथा ईश्वरीय ज्ञानले सिंचित गरिरहनु पर्दछ ।

मधुर बोली, हर्षित चेहरा र कल्याणकारी भावना जीवनका गहना बन्न सकुंन । निस्स्वार्थ सेवा सेवा सेवा कुशल प्रशासकको आदर्श महावाक्य बन्नु पर्दछ । सम्मान दिनु नै सम्मान लिनु हो । कर्मको गहन गतिको रहस्य वुझेर निश्चिन्त रहनुपर्छ एक कुशल प्रशासक विनम्र, सहनशील तथा सवैसँग घुलमिल हुन सक्नुपर्छ । मान, अपमान, जय, पराजयमा समान स्थिति बन्न सकोस् यो नै सबैभन्दा ठुलो त्याग हो । ॐ शान्ति !

लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं आध्यात्मिक अभियन्ता समेत हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस