कोरोना भाइरस फैलाउन चीन नै जिम्मेवार रहेकोले गम्भीर अनुसन्धान गर्दैछौं : डोनाल्ड ट्रम्प « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कोरोना भाइरस फैलाउन चीन नै जिम्मेवार रहेकोले गम्भीर अनुसन्धान गर्दैछौं : डोनाल्ड ट्रम्प


१६ बैशाख २०७७, मंगलबार


वासिंटन । कोरोना भाइरस फैलाउनमा चीन नै जिम्मेवार रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् । ट्रम्पले चीनले कोरोना भाइरस फैलाएको आरोप लगाउन्दै अमेरिकाले त्यसको अनुसन्धान गरिरहेको बताए ।

ट्रम्पले चीनप्रति आफू असन्तुष्ट रहेको पनि बताएका छन् । चीनबाटै कोरोना भाइरस रोक्न सक्ने अवस्थामा पनि चीनले चासो नदेखाएको ट्रम्पको आरोप छ। उनले चीन यो कार्यमा असफल भएको बताए ।

उनले अहिलेको अवस्थामा खुसी हुन नसकिने समेत उल्लेख गरेका छन् ।

यसअघि पनि ट्रम्पले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाएका थिए ।

बिबिसीका अनुसार ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहममा पुर्याएको तर त्यसलाई बन्द गर्न दबाव परेको बताए ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । झण्डै १० लाख संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस