विश्वले त्यसबेला डब्लूएचओलाई ध्यानपूर्वक सुन्नुपर्थ्यो : डब्लूएचओ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विश्वले त्यसबेला डब्लूएचओलाई ध्यानपूर्वक सुन्नुपर्थ्यो : डब्लूएचओ


१६ बैशाख २०७७, मंगलबार


कोरोना भाइरस सङ्क्रमण रोकथाममा लापरबाही गरेको आरोप लागेपछि डब्लूएचओका प्रमुखले सङ्गठनको बचाउ गरेका छन्।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वभरका सबै देशहरूले गत ज्यानुअरी महिनाको अन्तिममा ‘सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएका बेला सुन्नुपर्ने थियो भनेका छन्।

त्यसबेला चीन बाहिर जम्मा ८२ वटा मात्र सङ्क्रमण भेटिएका थिए र कसैको पनि मृत्यु भएको थिएन।

उनले सञ्चारकर्मीसँग भने,‘विश्वले त्यसबेला डब्लूएचओलाई ध्यानपूर्वक सुन्नुपर्थ्यो।’

‘हामीले सबैलाई जनस्वास्थ्यबारे एउटा व्यापक दृष्टिकोण बनाउन सल्लाह दिएका थियौँ – ‘हामीले भनेका थियौँ, खोजी, परीक्षण, आइशोलेसन गर्नुहोस्’ जुन देशले त्यसको पालना गरेन आज उनीहरू अन्यको तुलनामा राम्रो अवस्थामा छन् भन्ने कुरा तपाईं आफैँ हेर्नसक्नुहुन्छ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले पाउने अमेरिकी आर्थिक सहायता रोकिदिएका छन्।

उनले डब्लूएचओले कोरोनाभाइरसलाई लिएर लापरबाही गरेको र भाइरस फैलिएको कुरालाई लुकाएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस