६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ


१५ बैशाख २०७७, सोमबार


कोहलपुर । यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

आरडिटीबाट ५३९ र पिसिआरबाट १२४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए । यहाँका क्वारेन्टाइनमा १४० भारतीय छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस