चीनका लागि नवनियुक्त राजदूत पाण्डेले लिए शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनका लागि नवनियुक्त राजदूत पाण्डेले लिए शपथ


१४ बैशाख २०७७, आइतबार


काठमाडौँ । चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले शपथ लिएका छन् ।

शीतलनिवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। शपथ ग्रहण कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

पाण्डेलाई वैशाख ५ गते राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गरेकी थिइन् । सरकारले गत फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौडेललाई फिर्ता गरी पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस