लकडाउनको समयमा काठ काट्ने चार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउनको समयमा काठ काट्ने चार पक्राउ


प्रशासन संवाददाता

९ बैशाख २०७७, मंगलबार


पक्राउ

तुलसीपुर । राष्ट्रिय वनमा काठ काट्दै गरेको अवस्थामा चार जनालाई गए राति पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दाङ, गढवा गाउँपालिका वडा नं ५ निवासी रामदिन यादव र रामकुमार यादव तथा वडा नं ६ का दिलीप कुमाल र अनिलकुमार कुमाल रहेको देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत देवी चौधरीले जानकारी दिए ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम भएका बेला लकडाउनका अवस्थामा चोरी गर्ने क्रम बढेको सहायक वन अधिकृत चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस