भारतमा ४ हजार ५ सय भारु तिरेर कोरोना परीक्षण गरिँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भारतमा ४ हजार ५ सय भारु तिरेर कोरोना परीक्षण गरिँदै


८ बैशाख २०७७, सोमबार


नयाँदिल्ली । भारतका नागरिकहरु निजी मेडिकल सेन्टरमा पैसा तिरेर कोरोना परीक्षण गरिरहेका छन् ।

भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दैगएपछि निजी मेडिकल सेन्टरले पनि कोरोना परीक्षण गर्न थालेका हुन् ।

सर्वोच्च अदालतले कोरोना भाइरसको निशुल्क परीक्षण गर्नुपर्ने भन्दै दिएको आदेश विरुद्ध निजी क्लिनिकले महंगो पैसा लिएर परीक्षण गर्न थालेका हुन् ।

‘अदालतले विपन्नका लागि निशुल्क भनेको र धनाढ्यले पैसा तिरेर परीक्षण गर्नसक्ने भनेको हामीले बुझ्यौँ,’ थाइरोकेयर नामक निजी प्रयोगशालाका मालिक अरोकियस्वामी बलुमानीले भनेका छन् । उनका अनुसार परीक्षणको ४ हजार ५ सय भारु तिनुपर्नेछ ।

तर अदालतले निजी प्रयोगशालाको पारिश्रमिक कसरी पूर्ति हुनेछ भन्नेबारे प्रष्ट पारेको छैन । अप्रिल १३ मा आएको नयाँ आदेश अनुसार निजी प्रयोगशालालाई ५० करोड मानिसको परीक्षण गरेवापतको रकम सरकारले तिर्नुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस