भारतको महाराष्ट्रमा तीन जनाको कुटेर हत्या, ११० जना पक्रउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भारतको महाराष्ट्रमा तीन जनाको कुटेर हत्या, ११० जना पक्रउ


८ बैशाख २०७७, सोमबार


काठमाडौं । भारतको महाराष्ट्रमा तीन जनाको कुटेर हत्या गरिएको छ । बिहीबार महाराष्ट्रको पालघरमा एक साधुसहित तीन जनाको कुटेर हत्या गरिएको भारतीय समाचारमाध्यमहरुले जनाएको छ ।

तीन जनाको हत्यपछि प्रहरीले ११० जनालाई पक्राउ गरेको छ । दोषीलाई कडा सजाय दिने मुख्यमन्त्री उद्धव ठाकरेले घोषणा गरेका छन् ।

पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए । मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक रहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।

पालघर प्रहरीले आक्रमणमा संलग्नको पहिचान गर्न ११० जनालाई पक्राउ गरेको जानकारी ट्वीटरमार्फत् दिएको छ ।

पक्राउ पर्नेहरुमा ९ बालबालिकासमेत छन् । १०१ जनालाई यही अप्रिल ३० तारिखसम्मका लागि भनेर हिरासतमा राखिएको छ । प्रहरीले हत्याको अनुसन्धान जारी रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस