राहत समाग्री लुटेको आरोपमा पर्साबाट पाँच पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राहत समाग्री लुटेको आरोपमा पर्साबाट पाँच पक्राउ


७ बैशाख २०७७, आइतबार


पर्सा । विपन्नलाई वितरण गर्न लगिएको राहत समाग्री लुटेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पर्सागढी नगरपालिकामा वितरण गर्न लगिएको समाग्री लुटपाट गर्ने पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार पक्राउ परेका हुन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

शनिबार पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए ।

एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस