दोस्रो कोरोना संक्रमित युवती निको भएर अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दोस्रो कोरोना संक्रमित युवती निको भएर अस्पतालबाट डिस्चार्ज


६ बैशाख २०७७, शनिबार


काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती पूर्णरुपमा निको भएर घर फर्किएकी छन् ।

कोरोना संक्रमण पोजेटिभ देखिएपछि चैत १० गते अप्तालभर्ना भएकी उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । उनलाई त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

हालसम नेपालमा ३० जनामा कोरोना पुष्टि भएकोमा २ जना निको भएर घर फर्किसकेका छन् । अब २८ जना अस्पतालमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस