आरडिटी किट अभाव, सबै रिपोर्ट नेगेटिभ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आरडिटी किट अभाव, सबै रिपोर्ट नेगेटिभ


प्रशासन संवाददाता

६ बैशाख २०७७, शनिबार


सल्यान । यहाँ कोरोना भाइरस परीक्षणका लागि र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ । जिल्लाका छ स्थानीय तहमा परीक्षण हुँदा जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी स्थानीय तहको परीक्षण स्थगन गरिएको छ ।

जिल्लामा प्रदेशले सरकारले पठाएको सबै किट सकिएकाले जिल्लाका चार स्थानीय तहमा कोरोना परीक्षण तत्कालका लागि स्थगन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए । गत चैत १ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको र्‍यापिड टेष्ट गर्ने कार्यक्रम तय भए पनि किट अभावमा स्थगन गरिएको उनले जानकारी दिए ।

अस्पतालले दुई टोली बनाएर जिल्लाका विभिन्न स्थानीय तहमा विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षण गत बिहीबारदेखि शुरु गरेको थियो । सो दिन २६३ को जाँच गरिएको थियो । शुक्रबार २३२ को र्‍यापिड टेष्ट गरिएको छ । कुमाख गाउँपालिकामा ११३, छत्रेश्वरी गाउँपालिकामा ६८ र सिद्धकुमाख गाउँपालिकामा ५१ जनाको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख डा बुढाले जानकारी दिए ।

जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकामा शनिबार तथा आइतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गर्ने कार्यक्रम तय भएको थियो । तर किट अभाव भएपछि कोरोना सङ्क्रमण परीक्षण प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस