प्रधानमन्त्रीको निर्देशनपछि बाटोमै रोकिए मजदुर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको निर्देशनपछि बाटोमै रोकिए मजदुर


प्रशासन संवाददाता

६ बैशाख २०७७, शनिबार


काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि हिँडेर गाउँ जान लागेका मजदुर बाटोमै रोकिएका छन् । प्रधानमन्त्रीले शुक्रबार अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि गृहले हिँडेर जानलागेका सबै मजदुरलाई रोकको छ ।

प्रधानमन्त्रीले हिँडेर गाउँ जान नदिनु खान नपाएर गाउँजान लागेको भए त्यहीँ खाना पुर्‍याउनु भने निर्देशन दिएको थियो ।

विभिन्न स्थानीय तहले अलपत्र मजदुरलाई गाडीमा राखेर आफ्नो क्षेत्रबाट पठाइरहेको बेला गृहको निर्देशनपछि यो रोकिएको छ ।

काठमाडौं‌बाट पैदल हिँडेर घरतर्फ जाँदै गरेका धेरै मजदुर काभ्रे, धादिङ र चितवन जिल्लामा रोकिएका छन् ।

तस्विर : सामाजिक सञ्जाल

Tags :
प्रतिक्रिया दिनुहोस