समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना


५ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।

अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस