सरकारले जहाज चार्टर्ड गरेर पठायो सुदूर पश्चिममा डाक्टर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारले जहाज चार्टर्ड गरेर पठायो सुदूर पश्चिममा डाक्टर


५ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवासीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ।

शुक्रवार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो।

मन्त्रालयका अनुशार सरकारी छात्रवृत्तिमा बढिरहेका आवासीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको बताए। सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्य कर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो।

यसरी खटाइएकामध्ये करिब एक दर्जन जति डाक्टरलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस