हेटौंडामा चारजनामा कोरोना पोजेटिभ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

हेटौंडामा चारजनामा कोरोना पोजेटिभ


४ बैशाख २०७७, बिहिबार


मकवानपुर । र्‍यापिड डायग्नोष्टिक टेस्ट(आरडीटी) किटबाट कोरोना भाइरस संक्रमणको परीक्षणका क्रममा हेटौंडामा चारजनामा पोजेटिभ देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ बासुदेव सभागृहमा भएको र्‍यापिड टेष्टमा चारजनाको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हेटौंडाका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए। कुल ४० जनाको टेष्ट गरिएकोमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको र उनीहरुको पीसीआर टेष्टको क्रममा रहेको उनको भनाई छ ।

उनीहरुमध्ये भारत बिहार घर भइ हाल हेटौंडा–४ आफन्तकोमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय एक युवक रहेका छन्।

उनीहरुलाई पीसीआर जाँचका लागि स्वाब संकलन गर्न हेटौंडा अस्पताल लगिएको छ। उक्त स्वाब हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको ल्याबमा परीक्षण हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस