चितवनको रत्ननगरमा एक जनामा एन्टीबडी पोजेटिभ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चितवनको रत्ननगरमा एक जनामा एन्टीबडी पोजेटिभ


प्रशासन विशेष ब्युरो

३ बैशाख २०७७, बुधबार


चितवन । चितवनको रत्ननगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडीटी) परीक्षण गर्दा एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।

बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए ।

रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १० देखि १६ सम्म विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको मंगलबार र बुधबार आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस