सनसिटीमा र्‍यापिड टेस्ट सुरु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सनसिटीमा र्‍यापिड टेस्ट सुरु


प्रशासन संवाददाता

३ बैशाख २०७७, बुधबार


काठमडाौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु गरिएको छ। दुई जनामा कोरोना भाइरस (कोभिड १९) को पुष्टि भएसँगै बुधबार बिहान साढै ९ बजेदेखि सनसिटी अपटमेन्टको ‘ए’ ब्लकमा रहेका २४२ जनाका र्‍यापिडड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो।

ए ब्लकमा रहने दुई आमाछोरामा मंगलबार कोरोना संक्रमण भेटिएको पुटि भएपछि परीक्षण सुरु गरिएको कागेश्वरी मनहर नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापाले जानकारी दिए । उनले पहिलो चरणमा ए ब्लकका २४२ जनाको परीक्षण गरिने बताए ।

पहिलो चरणमा केहीको रिपोर्ट पोजेटिभ आए सनसिटी भित्रका सबैको परीक्षण गरिने र आसपासका पसल र संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा आएका मानिसहरुको समेत परीक्षण गर्नुपर्ने उनले बताए ।

थापाले सो अपार्टमेन्टका १५ सय र त्यसआसपासका १०० गरी १६ सयको परीक्षण गर्नुपर्ने बताए।

संक्रमितहरु चैत ५ गते लन्डनबाट आएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस