यसरी लिने ई-पास ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यसरी लिने ई-पास !


२ बैशाख २०७७, मंगलबार


काठमाडौँ । लकडाउन(बन्दाबन्दी) को अवस्थामा आवतजावत गर्ने सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अब अनलाइनबाटै अनुमति (ई-पास) दिने भएको छ ।

कोरोना भाइरस(कोभिड-१९) को संक्रमणविरुद्ध लड्न सरकारले लकडाउन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौँमै उपस्थित भएर सवारी पास दिईरहँदा यस्तो पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढ्ने भएसँगै अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।

अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

यस्तो पास लिन आवेद्कले मोबाइलको म्यासेज बक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । सहायक प्रजिअ पौडेलका अनुसार, एसएमएस गर्दा आवेदकले जुनसुकै कोड राख्न सक्नेछन् ।

एसएमएसपछि https://epass.moha.gov.np लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।

पासका लागि प्राप्त अनलाइन दरखास्त अध्ययनपछि यसबारे निर्णय गर्ने सहायक प्रजिअ पौडेलले जानकारी दिए । प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर ९पास० उपलब्ध गराउने छ ।

पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएको उल्लेख गर्दै प्रशासनले अनावश्यक रूपमा आवेदन नदिन सबैमा आग्रह गरेको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस