नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि


१ बैशाख २०७७, सोमबार


काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

सोमबार कैलालीको लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको टिकापुर अस्पताल स्रोतले जानकारी दिएको हो । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ । ती महिलालाई कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्निमा राखिएको थियो । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।

उनी चैत्र ९ गते वीरगन्जबाट लम्की चुहा आएकी थिइन । उनीसँगै उनीसहित १७ जना वीरगन्जबाट आएको बताइएको छ ।

५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो। काठमाडौंबाट आएको टोलीले २५ गते र्‍यापिड र स्वाब दुबै संकलन गरेको थियो ।

लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो। यसअघि लम्कीकै २१ वर्षीय युवकमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस